बुद्ध जयन्ती: लुम्बिनीमा निकालियाे शाेभायात्रा (फाेटाेफिचर)


लुम्बिनी- पच्चिस सय ६९ औं बुद्धजयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शोभायात्रा निकालिएको छ । साेमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा भएकाे थियाे । त्यसपछिबिहान ७ः३० बजेदेखि शाेभायात्रा निकालिएको हाे ।
शाेभायात्रामा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास काेषका पदाधिकारी तथा कर्मचारी, भिक्षुभिक्षुणी, लामा-गुरु, उपसाक-उपासिका, स्थानीय, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।
मायादेवी मन्दिर परिसरबाट सुरु शाेभायात्रा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्रमा आइपुगेको छ ।
बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन आज लुम्बिनीमा विशेष समारोह आयाेजना गरिएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार समितिका संयोजक ढुण्डिराज भट्टराईले विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय सरकारका मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु सहभागी हुने बताए ।










प्रतिकृया दिनुहोस्