जाडोमा बच्चाको स्याहार कसरी गर्ने, के छन् उपाय ?


चिसो बढेको छ । यस्तोबेला बालबालिका र बृद्धबृद्धाहरुको स्वास्थ्यप्रति विशेष ख्याल राख्नुपर्ने हुन्छ । चिसोका कारण उनीहरुमा रुघाखोजी, ज्वरो, टाउको दुख्ने र निमोनियासम्म हुनसक्छ । यसैले विशेष ध्यान दिन जरुरी हुन्छ । यहाँ हामीले जाडोमा बालबालिकाको स्याहार गर्ने उपायबारे केही जानकारी दिँदै छौं । बालबालिका चंचले हुने र एकै ठाउँमा नबस्ने हुन्छन् । यस्तोबेला चिसोले समस्या निम्त्याउन सक्छ । त्यसैले बालबालिकाको स्याहारमा यी कुरामा ध्यान दिऔं ।
१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ।
५. चिसो चिज सकेसम्म नदिने।
६. उमालेको पानी पिउन दिने।
७. बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने।
८. बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने।
९. कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने।
१०. घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।
११. जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन।
१२. बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ।
१३. सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।
१४. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।








प्रतिकृया दिनुहोस्