May 27, 2026, Wednesday
२०८३ जेष्ठ १४ बिहीबार

बालकल्याण संस्थाको ‘१२ महिना, १२ कार्यक्रम’ र ‘बालबगैँचा’ अवधारणा

Advertisement

भैरहवा– नेपाल बाल कल्याण संस्था, रुपन्देहीले आगामी एक वर्षका लागि बालबालिका र सामाजिक क्षेत्रमा गरिने विभिन्न कार्ययोजनालाई समेट्दै ‘१२ महिना, १२ कार्यक्रम’ को अवधारणा ल्याएको छ ।

Advertisement

साथै उक्त संस्थाले रुपन्देहीको कुनै एक स्थानको पहिचान गरेर त्यस क्षेत्रका बालबालिकालाई विभिन्न सेवा एकीकृत रुपमा उपलब्ध गराउने गरि ‘बाल बगैँचा’ नामक नमूना कार्यक्रम पनि संचालन गर्ने योजना अघि सारेको छ । संस्थाका अध्यक्ष धर्मबहादुर खड्काले बालबालिका र समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गरि १२ महिना, १२ कार्यक्रम र बाल बगैँचा कार्यक्रमको अवधारणा ल्याइएको बताए ।

‘एक बर्ष भित्रमा गरिने विभिन्न कार्यक्रलाई समेटेर यस खालको कार्यक्रमको अवधारणा ल्याइएको हो’, खड्काले भने, ‘बाल बगैँचा, बालवालिकाको क्षेत्रमा गरिने एउटा मोडेल कार्यक्रम हो ।’ उनका अनुसार, बाल बगैँचा कुनै एक समुदाय विशेषमा गएर त्यहाँको बालबालिकाको अवस्थाको अध्ययन गरेर उनीहरुको सर्वाङ्गिण विकासका लागि विभिन्न कार्यक्रम एकीकृत रुपमा लागु गरिने छन् । यसका लागि त्यस क्षेत्रका बालबालिकाको आवश्यकताको आधारमा काम सम्पादन गरिने छ ।

१२ महिना, १२ कार्यक्रम अन्तर्गत पर्यावरण तथा बातावरण सरसफाई, बालबालिकाको शैक्षिक, स्वास्थ्य, बालअधिकार, लागूपदार्थ तथा दुव्र्यसन नियन्त्रण, खेलकुद, जनचेतना लगायतका विषयलाई समेटिएको छ । जसअन्र्तगत साउन महिनामा संरक्षण गर्ने जिम्मेवारीसहितको बृक्षारोपण कार्यक्रम संचालन गरिने छ । यसको सुरुवात सिद्धार्थनगर भित्र रहेको कुनै एक सामुदायिक विद्यालयबाट हुने छ । क्रमशः नगरका अन्य सवै सामुदायिक विद्यालय हातामा संरक्षणसहितको बृक्षारोपण गरिने छ ।

संस्थाका उपाध्यक्ष दिलीप मल्लिकले सिद्धार्थनगरको वातावरण तथा पर्यावरण बिग्रिँदो अवस्थामा रहेको र यसलाई जोगाउन वृक्षारोपण अभियानको रुपमा संचालन गरिने बताए । ‘कुनै एक स्थानमा दुईचार वटा वृक्षारोपण गर्नु ठूलो कुरो होइन । तर, संरक्षण गर्ने गरि वृक्षारोपण अभियान संचालन गर्नु महत्वपूर्ण हो’, मल्लिकले भने, ‘संरक्षणसहितको वृक्षारोपण कार्यक्रमलाई संस्थाले अभियानको रुपमा संचालन गर्ने छ ।’

भदौ महिनामा बालदिवशको अवसर पारेर बालअधिकार सम्बन्धि विभिन्न कार्यक्रम संचालन गरिने छन् । असोजमा सरसफाई सम्बन्धि, कात्तिकमा खेलकुद, मंसिरमा न्यानो कपडा बितरण, पुसमा बालअपराध र लागुपदार्थ तथा दुव्र्यसनबाट बालबालिकालाई कसरी टाढा राख्ने ? बारेमा विभिन्न कार्यक्रम गरिने छन् ।

माघमा बालबालिकालाई ट्राफिक सचेतना, फागुनमा बालबालिकाको नाक, कान, घाँटी समबन्धि स्वासथ्य शिविर, चैतमा दन्त शिविर, बैशाखमा शैक्षिक सामाग्री तथा छात्रबृत्ति बितरण, जेठमा बालबालिकाको अवस्था वारेमा अनुगमन र असारमा संस्थाकै आन्तरिक कार्यक्रका वारेमा पूर्व अभ्यास र समिक्षा कार्यक्रम गरिने छ ।

संस्थाकी महासचिव संगिता जिसीले बाल कल्याण संस्थाले बालबालिकाको क्षेत्रमा यस अघि पनि आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम संचालन गर्दै आइएको र अव योजनाबद्ध ढंगले संस्था अगाडि बढ्ने बताइन् ।