June 13, 2026, Saturday
२०८३ जेष्ठ ३० शनिबार

तिनाउ नियन्त्रणका लागि १३ वर्षमा डेढ अर्ब स्वाहा !

भैरहवा– रुपन्देहीको तिनाउ नदी अतिक्रमणले साँघुरिँदै गएको छ । वर्षौदेखि नदी तट ओगटेर सर्वसाधरण बसेका छन् । स्थानीय पालिकाले सार्वजनिक संस्था र उद्योग कलकारखाना निर्माणका लागि तिनाउ तट नै ताकिरहेका छन् । अहिले तिनाउ नदीको आफ्नो क्षेत्र छैन । एक समय फराकिलो बगर रहेको क्षेत्रमा घर नै घर निर्माण भएका छन् । तिनाउको बगर छैन । खुम्चिँदै गएको छ ।

Advertisement

स्थानीयका अनुसार तिनाउ अतिक्रमणको सुरुवात २०४९ सालबाट भएको थियो । विभिन्न जिल्लाबाट बसाइँ सरेर आएकाले तिनाउ बगर ओगट्न थालेका थिए । पछि राजनीतिक दलले भोट बैंकको रुपमा यस्ता अतिक्रमणकारीलाई मलजल गर्दा तिनाउ संकटमा परेको हो । ३० वर्षदेखि अतिक्रमण निरन्तर चलिरहेको छ । नदी नै हराउने अवस्थामा छ । सरकारले नदी संरक्षण भन्दा बस्तीमा भौतिक पूर्वाधार पुर्याउन ध्यान दिइरहेको छ । अतिक्रमण हटाउन भन्दा तिनाउ नियन्त्रणमा सरकार केन्द्रित देखिन्छ । तिनाउ नदी नियन्त्रणका नाममा १३ वर्षको अवधिमा डेढ अर्व रुपैयाँ स्वाहा भएको छ ।

Advertisement

सरकारले २०६६ साल असोजमा जनताको तटबन्ध कार्यक्रम लागू गरेको थियो । त्यसको फिल्ड कार्यालय बुटवलमा स्थापना गरेको थियो । कार्यालय स्थापना यता हरेक बर्ष तिनाउ नदी नियन्त्रणमा बजेट खर्च भइरहेको छ । तारजाली, रिटेनिङ वाल, त्रंmक्रिट ढलान, स्लोप ढलान, त्रिखुट्टी बार, बेड वारलगायतका संरचना निर्माणका काम कार्यालयले गर्दै आएको छ । कार्यलयका अनुसार स्थापनायता अहिलेसम्म तिनाउ नियन्त्रणका नाममा १ अर्ब ५४ करोड रुपैंयाँ खर्च भइसकेको छ ।

गत आवमा तटबन्द, तारजालीमा मात्र २३ करोड ७७ लाख ४८ हजार रुपैंयाँ खर्च भएको छ । त्यस्तै, आव २०७८–०७९ मा नदी नियन्त्रणतर्पm २७ करोड ७७ लाख, ६४ हजार रुपैंयाँ खर्च भएको छ । आव २०७७–०७८ मा १३ करोड २९ लाख रुपैंयाँ खर्च भएको कार्यालयका लेखा अधिकृत मुक्तिप्रसाद भट्टराईले बताए । ‘पुँजीगत तर्पmको खर्च भएको यो रकम तिनाउ, दावन र रोहिणी नदीको दायाँ बायाँ किनाराका जल प्रवाह मार्गमा तटबन्दमै गएको छ,’ उनले भने, ‘पानीको वहाव कतिखेर कता बग्छ भन्ने टुंगो नहुँदा हरेक वर्ष ठुलो रकम तटबन्धमै खर्च हुने गरेको छ ।’

कार्यालयले गत वर्ष ४० लाख रुपैंयाँको प्रगतिनगरमा मात्र ग्याविन जालीको काम गरेको उनले बताए । पछिल्लो एक दुई बर्षमा कति लगानी गर्यो भनेर बार्षिक विवरण पनि राख्न सकिन्छ कि ? २०५१ मा जापान सहयोग नियोग (जाईका) ले गरेको अध्ययन अनुसार तिनाउमा ठुलो बाढी आउँदा प्रति सेकेन्ड ४ हजार क्यूविक लिटर पानी बगेको रेकर्ड छ । त्यति पानी बग्नका लागि कम्तिमा पनि २ सय ३७ मिटर क्षेत्रफल हुनु जरुरी छ ।

फराकिलो क्षेत्रमा बग्दा तिनाउको बेग आपैm कमजोर हुन्छ । क्षेत्रफल घट्दा नदी गहिरिन थाल्छ । जति गहिरिँदै जान्छ, त्यति नै त्यसको बेग तिब्र र कडा हुन्छ । अति तिब्र बेगले आएको पानीले कल्पनै नगरेको क्षेत्रमा धार परिवर्तन गरिदिन्छ । धार परिवर्तन हुँदासाथ त्यसले नदीको अर्को किनार कटान गर्छ र विनाश निम्त्याउँछ । तर, तिनाउको किनार रहेको बुटवल र तिलोत्तमा आसपासमा झन नदीको वहाव क्षेत्र नै छेकेर तटबन्ध र पर्खाल निर्माण भएका छन् ।