पहिरोले लमही–घोराही सडकखण्ड अबरुद्ध


दाङ– अरिल वर्षापछि पहिरो खस्दा घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । लमही–घोराही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६, कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको दाङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले सोमबार पहिरो खसेको ठाउँमा पुनः आज पनि पहिरो खस्दा सडक अवरुद्ध भएको जानकारी दिए । वर्षातका राति खसेको पहिरोका कारण सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको उनले जनाए ।
‘सडक सञ्चालनका लागि अहिले पहिरो हटाउने काम भइइरहेको छ’, उनले भने, ‘पुनः पहिरो खसेन भने २–३ घण्टामा पहिरो पन्छ्याएर सक्छौं ।’ सडक अवरुद्ध हुँदा घोराही–लमही सडकखण्ड भएर चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । जसले यात्रु गन्तव्यमा पुग्न सकेको छैनन् ।







प्रतिकृया दिनुहोस्