भन्सार छली भित्र्याइएका कपडा बरामद


भैरहवा– रुपन्देही प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रुपमा भित्र्याइएका कपडा बरामद गरेको छ । यस्तै, कपडा ल्याउन प्रयोग गरिएका सवारी पनि प्रहरी नियन्त्रणमा लिएको छ । कपडा र सवारीसहित दुईजना पक्राउसमेत परेका छन् ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा पाँच लाख ९ हजार ५ सय मूल्य वरावरको विभिन्न कपडाहरु वरामद गरी आवश्यक कावाहीका लागि भैरहवा भन्सार पठाएको हो । बरामद सामान, सवारी साधन र मानिसहरु समेत भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
जिल्लाको मायादेवि गाउँपालिका वडा नं. ६ बेथरीबाट कोटहीमाई गाउँपालिका वडा नं. ३ वस्ने वर्ष २१ का बिजय भरले चलाएको लु ४७ प ४८३७ नं. को मोटरसाइकलमा ल्याउँदै गरेको कुर्तासुरुवाल १४० पिस र र उक्त मोटरसाइकल सहित अन्दाजी मूल्य एक लाख ४९ हजार कार्यम गरी भन्सार बुझाइएको हो ।
यस्तै, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ लोफडियाबाट गैडहवा गाउँपालिका वडा नं. ७ बस्ने बर्ष ३७ को सन्तकुमार खरबिन्दले चलाएको लु १ ह १६९४ नं. ई–रिक्सामा फेला परेको जेन्स अण्डर वेयर ५५० पिस, सेन्डो भेष्ट १ हजार १ सय पिस र ई–रिक्सा सहित अन्दाजी मूल्य ३ लाख ६० हजार ५ सय बराबरको कपडाहरु बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा पठाइएको छ ।








प्रतिकृया दिनुहोस्