July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

रूपन्देहीमा ८०७ पदका लागि ५०७४ को उम्मेदवारी

भैरहवा– स्थानीय तह निर्वाचनमा रुपन्देहीमा सबै पदमा गरी ५ हजार जना बढीको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालयकाअनुसार प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यमा गरी कुल ५ हजार ७४ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

यी मध्येबाट सबै पदमा गरी ८ सय ७ जना निर्वाचित हुने छन् । जिल्लाका १६ वटै पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार मनोनयन दर्ता भएको थियो । राजनीतिक दलसँगै सबैजसो पालिकामा स्वतन्त्र उम्मेदवारले पनि मनोनयन दर्ता गरेका छन् ।

Advertisement

बैशाख ३० गते हुने निर्वाचनबाट जिल्लाका १६ पालिकामा एक/एक जना प्रमुख/अध्यक्ष, एक/एक जना उपप्रमुख/उपाध्यक्ष र १ सय ५५ जना वडाध्यक्ष चयन हुनेछन् । यस्तै, १ सय ५५ वडामा ६ सय २० जना वडा सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचन कार्यालयकाअनुसार १६ पालिकाको प्रमुख/अध्यक्षमा २ सय १६ जनाको उम्मेदवारी परेको छ । यस्तै, उपप्रमुख/उपाध्यक्षमा १ सय ७२ जनाको उम्मेदवारी परेको छ । रुपन्देहीमा कुल ६ लाख ३२ हजार ३६० मतदाता छन् । यसमा पुरुष ३ लाख २३ हजार ७७८, महिला ८ लाख ८ हजार ५७४ र अन्य ८ जना छन् । २०८ मतदान स्थल छन् भने ७०० सय मतदान केन्द्र छन् ।

कुन पालिकामा कति उम्मेदवार हेर्नुहोस् ?

१६-स्थानीय-तहमा-कुन-पदमा-कति-उम्मेदवार