July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

लुम्बिनीको प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित

बुटवल– विपक्षी गठबन्धनका सांसदहरुले बैठक बहिस्कार गरेपछि लुम्बिनी प्रदेश सभाको आइतबारको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

Advertisement

यसअघि केही समय बैठक बसेको थियो । तर विपक्षी सांसदले बैठक बहिस्कार गरे । त्यसपछि दिउँसो ३ः१५ बजे सम्मका लागि बैठक स्थगित भएको थियो । बैठक राख्ने प्रयास गरे पनि विपक्षीले बैठकमा भाग नलिने अडान कायम राखेपछि सूचना टाँस गरी असार ९ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

Advertisement

प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सूचना टाँस गरी बैठक सारिएको जानकारी दिए । लुम्बिनी प्रदेशका विपक्षी गठकन्धनले अध्यादेशबाट बजेट आउन सक्ने सम्भावनालाई देखेपछि प्रदेश सभामा बजेट प्रस्तुत गर्न दिएका थिए ।

बजेट प्रस्तुत गर्न दिइए पनि त्यसमाथिको छलफलमा भने अवरोध गरेका छन् । आज बैठक प्रारम्भ भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटका विषयमा छलपलमा भाग नलिने बताएका थिए ।

उनले बहुमतसिद्ध गर्न मुख्यमन्त्री शंकर पोखरेललाई चूनौतिसमेत दिए । कनौडिया बोलेपछि विपक्षी बैठक छाडेर निस्किएका थिए ।

विपक्षीले गरे लुम्बिनी प्रदेश सभा बैठक बहिस्कार