July 25, 2026, Saturday
२०८३ श्रावण ९ शनिबार

अरिङ्गालको टोकाइबाट युवकको मृत्यु

Advertisement

गुल्मी–अरिङ्गालको टोकाइबाट गुल्मीमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सत्यवती गाउँपालिका–५ हँसरा निवासी २२ वर्षीय पूर्णसिंह थामी मगर रहेका छन् । उपचारको क्रममा उनको शुक्रवार राती मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार गत साउन २ गते घरनजिकै रहेको कदमको रुखमा अरिङ्गाल पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालले उनको दुवै खुट्टा र दायाँ हातमा टोकेर गम्भीर घाइते बनाएको थियो ।

घटनालगत्तै उनलाई उपचारका लागि पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा लगिएको थियो । त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएको थियो ।

अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको अवस्थामा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।