July 10, 2026, Friday
२०८३ असार २७ शनिबार

लुम्बिनी बौद्ध विश्वविद्यालको ४९ करोड ८८ लाखको बजेट तथा नीति–कार्यक्रम स्वीकृत

Advertisement

भैरहवा–लुम्बिनी बौद्ध विश्वविद्यालयको आर्थिक वर्ष २०८३–८४ का लागि ४९ करोड ८८ लाख रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएको छ ।

Advertisement

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सम्मित पोखरेलको अध्यक्षतामा शुक्रवार सिंहदरवारमा बसेको लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औँ विश्वविद्यालय सभा बैठकले उक्त बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्वविद्यालयले आफ्नो मूल उद्देश्यअनुसार बौद्ध शिक्षा, बौद्ध दर्शन र बौद्ध अध्ययनमा केन्द्रित भएर शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बौद्ध अध्ययनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आवश्यक रणनीति अवलम्बन गर्नु पर्ने निर्देशन उनको थियो ।

बैठकमा उपकुलपति डा माणिकरत्न शाक्यले विश्वविद्यालयमा हाल २ हजार ६२० विद्यार्थी अध्ययनरत रहेको र विश्वविद्यालयअन्तर्गत ५४ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताए । उनका अनुसार, विश्वविद्यालयका ८ सम्बन्धन प्राप्त कलेज र ८ सहकार्यमा सञ्चालित कलेज रहेका छन्।

विश्वविद्यालयमा २०२ अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेक छन् । विश्वविद्यालयले चीन, जापान, भारत, कोरिया लगायतका विश्वविद्यालय तथा संस्थासँग थप समझदारीपत्र सम्पन्न गरी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गरेको, पाठ्यक्रममा माइक्रो–सिलेबस प्रणाली लागू गरेको तथा कम्प्युटर आधारित परीक्षा र प्रोक्टरिङ प्रणाली विस्तार गरी परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाएको उक्त बैठकमा उल्लेखद गरिएको थियो ।

विश्वविद्यालयले आर्थिक तथा प्रशासनिक सुधारका विभिन्न कार्यक्रम अघि बढाएको, आन्तरिक आय वृद्धि र वित्तीय अनुशासनमा समेत प्रगति हासिल गरेको लुम्बिनी विश्व बिद्यालयले जनाएको छ ।