मल नहुँदा चिन्तामा किसान


कपिलवस्तु– कपिलवस्तु नगरपालिका–९, जलरैयाका शिवरतन केवटले २० किलो सभा मन्सुली धानको वीउ छर्न डिएपी मल पाएनन् । ‘मन मानेन्,’ उनले भने, ‘बजारबाट झण्डै दोब्बर मुल्य तिर डिएपी ल्याएर धानको वीउ छरे ।’ तर मल राम्रो परेन् । जसरी सप्रिनु पथ्र्यो । त्यसरी सप्रेको छैन् । अब रोप्ने की नरोप्ने तनाबमा छु उनले भने ।
उनी जस्तै यशोधरा गाउँपालिका पोखरभिटवाका राजु पाण्डेले साभा मन्सुली धानको ४० किलो बिउ किनेर ल्याएर छरे । नेपालमा मल नपाउदा भारततिरबाट मल ल्याएर राखे । राम्ररी वीउ आएको छैन् । मल कमसल पर्यो । यता ३० कठ्ठा खेत रोप्ने तयारी गर्दा नेपालतिर डिएपी र युरिया मलको अभावले तनाबमै छन् ।
मानो छरेर मुरी फलाउने कृषकलाई मल अभाव हुदा निक्कै सकस भएकोछ । रसायनिक मल नहाले उत्पादनै हुँदैन् । नेपालमा नपाईए भारतबाट ल्याउनुु पर्छ । तर, भारतबाट ल्याउन पहिले जस्तो सजिलो छैन् । भारतीय सुरक्षाकर्मीले सीमा कटाएर मल नेपाल तिर ल्याउन निक्कै कडाई गरेका छन् । बजार भाउ दोब्बर जस्तो छ । लुकीचोरी आएका मल गुणस्तरहिन हुँदा लगानी खेर जाने अवस्था भएको बुद्धभूमि नगरपालिकाका कृषक कृष्णमोहन केवटले बताए ।
अहिले जिल्लाभरि नै मल अभाव छ । जिल्लामा तौलिहवा र बहादुरगंजमा कृषि साम्रगी कम्पनी लि.ले र कृष्णनगरबाट साल्ट टे«डिङ कम्पनीले मल वितरण गर्छन् । जिल्लालाई वर्षभरि चाहिने १६ हजार मेटन युरिया र १४ हजार मेटन डिएपी चाहिन्छ । धानको सिजन सुरु भइसक्दा डिएपी आउन सकेको छैन् ।
गत मंसिर यता डिएपी आएकै छैन् कृषि साम्रगी कम्पनी लि. तौलिहवाका शाखा प्रबन्धक बिष्णु भण्डारीले बताए । धानलाई चाहिने युरिया र डिएपी मल पर्याप्त मात्रामा दिन सकिएको छैन् उनले कनिका छरे जस्तै दिनु परेकोछ । धानका लागि चाहिने बेला तौलिहवामा डिएपी एकसय ६९ मेटन र युरिया एकसय ३० मेटनमात्र मौज्दात छ ।
यता बहादुरगंजमापनि युरिया ४ सय १८ मेटन र डिएपी एकसय ९६ मेटनमात्र मौज्दात छ । ठूलोमाग छ कृषि साम्रगी कम्पनी लि. बहादुरगंजका शाखा प्रबन्धक अशोक त्रिपाठीले भने कृषककामाग धान्ने अवस्थै छैन् । थप मल आउने सम्भावना पनि छैन् । कृषक मल पाईने कृषि सहकारी दिनहुँ धाउने गरेका छन् ।
सधै मल आएको छैन् भन्दै कृषि सहकारीले खाली हात पठाउने गरेको कपिलवस्तु नगरपालिका ६, बर्मेलीका कृषक दुर्गा चाईले गुनासो गरे । ‘अब ८ जनाको परिवार कसरी पाल्ने चिन्तामा छु’, उनले भने । वर्षदिनको हातमुख जोर्ने अन्नबाली र नुनतेलको जोहो गर्ने माध्यमनै नहुने पीडा थपिएको उनले दुखेसो गरे ।
धान रोप्ना साथ डिएपी छर्नु पर्छ । भए त खेत हिलाम्य गर्दा नै राख्दा अझ राम्रो हुन्छ । डिएपीले जरा मजबुत गर्छ । हरियो र हर्कक्क सप्रन सहयोग गर्छ । धान रोपेको ३ साता पछि युरिया छर्नु पर्छ । यसले धानको राम्रो गाज हाल्न सहयोग गर्छ । मलमात्र नभएर कृषकका अनेकन छन् ।
मंहगो ज्याला, अदक्ष कामदार, समयमा कृषि मजदुर नपाउदा उत्पादन लागत बढदै गएर समस्या भएको मायादेवी गाउपालिकाका श्याम चौधरीले बताए । तर, स्थानीयदेखि संघीय सरकारका कृषक औजार खरिदमा पाइने अनुदान आफ्ना, टाठाबाठा र पहुँचवालाले मात्र पाउदा वास्तविक कृषक निरुत्साहित बनेको उनले बताए । जिल्लामा ८३ हजार हेक्टर खेती योग्य जमिन भए पनि ८१ हजार ५ सय ७६ हेक्टरमा खेती हुँदै आएको छ । धान ६५ हजार ८ सय ५२ हेक्टरमा खेती हुँदै आएका छ । धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव २ मेट्रिक टन छ ।








प्रतिकृया दिनुहोस्