सर्वोच्चद्वारा बुटवल–३ का वडाध्यक्षलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश


बुटवल– सर्वोच्च अदालतले रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
कांग्रेसले जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको जानकारी आयोगलाई दिएपछि आयोगले पद रिक्त भएको जनाएको थियो । ढकाल तत्कालीन माओवादी भए तापनि कांग्रेसको चुनाव चिन्हबाट निर्वाचित भएका थिए ।
न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले मंगलबार निर्वाचन आयोग, नेपाली कांग्रेससँग लिखित जवाफ माग गर्दै आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । के कारणले वडाध्यक्ष हटाएको हो ? भन्नेबारे आयोगले महान्यायधिवक्ता र अन्य विपक्षीको हकमा कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न भनेको छ ।
अदालतले अन्तरिम आदेश दिएसँगै ढकालले आफ्नो जिम्मेवारीमा रहिरहने जनाए । पछिल्लो समय दल तयाग गर्ने जनप्रतिनिधिलाई पार्टीहरुको सिफारिसमा निर्वाचन आयोगले धमाधम पदमुक्ता गर्दै आएको छ ।








प्रतिकृया दिनुहोस्