July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

आजदेखि लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन

दाङ– लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठक आज (बिहीबार) दिउँसो १ बजे बस्न लागेको हो । प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यक्रम रहेको छ।

त्यसपछि विभिन्न राजनीतिक दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिवले दुलर्भकुमार पुनले जानकारी दिए ।

Advertisement