खोलामा माछा मार्ने क्रममा एकजनाको मृत्यु


पाल्पा– पाल्पा र नवलपरासीको सीमाना अरुणखोलामा बारुद प्रयोग गरी माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
माछा मार्ने क्रममा घाइते पाल्पाको निस्दी गाउँपालिका वडा नं. ५ का ३८ वर्षीय खुमबहादुर सुनारीको रामपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
माछा मार्ने क्रममा बारुद पड्किएर घाइते भएका सोही स्थानका ३५ वर्षीय रोमनसिंह खरु मगरलाई हाल रामपुर अस्पतालबाट थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा ल्याइएको पाल्पा प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।








प्रतिकृया दिनुहोस्