July 12, 2026, Sunday
२०८३ असार २९ सोमबार

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्तिसम्बन्धी प्रतिवेदन हस्तान्तरण

Advertisement

तिलोत्तमा– तिलोत्तमा नगरपालिकामा विद्यालय स्तरोन्नतिका लागि मर्जर प्रक्रिया तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण गरिएको छ। तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल सहित बिषयगत संयोजक र कार्यपालिकाका सदस्यहरु सहभागी थिए।

Advertisement

कार्यक्रममा विषयगत समितिका संयोजक सुरेन्द्र श्रीले प्रतिबेदन तयार गरि त्यसका बारेमा समग्र व्याख्या गरेका थिए भने वडा नं ६ का अध्यक्ष तथा बिषयगत समितिका संयोजक गणेश पाठकले त्यस प्रतिवेदनका बारेमा भएगरेका क्रियाकलाप र अध्ययन प्रतिबेदन माथि प्रकाश पारेका थिए। कार्यक्रममा प्रस्तुत भएको प्रतिबेदन समक्ष आफ्नो राय राख्दै शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई प्रतिबेदन हस्तान्तरण गरेका थिए।

प्रतिवेदनमा विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि केही सामुदायिक बिद्यालय मर्जर गर्ने र त्यसको शैक्षिक बिकासका लागि बजेट नीति तथा कार्यक्रममा बिशेष प्राथमिकतामा राख्ने, कार्यान्वयनका उपाय तथा कानुनी छात्रवृत्ति व्यवस्थालाई सामुदायिक तथा संस्थागत बिद्यालयलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने सम्बन्धमा सुझावहरू समेटिएका छन्।

नगरपालिकाले प्रतिवेदन कार्यान्वयनमार्फत शिक्षा क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गरेको छ। सो कार्यक्रम सञ्चालन शिक्षा अधिकृत धनीप्रसाद शर्माले गरेका थिए।