July 13, 2026, Monday
२०८३ असार २९ सोमबार

सभामुखमा डिपी अर्यालले गरे मनोनयन दर्ता

Advertisement

भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सांसद डिपी (डोलप्रसाद) अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गरेका छन् । रास्वपा उपसभापति समेत रहेका अर्यालले शुक्रबार सभामुखमा उम्मेदवारी दिएका हुन् ।

Advertisement

अर्यालको प्रस्तवकमा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन मन्त्री सोबिता गौतम र भौतिक मन्त्री सुनिल लम्साल छन्।

रास्वपा संसदीय दलको बिहीबारको बैठकमा सभापति लामिछानेले सभामुख पदमा अर्यालको नाम प्रस्ताव गरेका थिए भने सर्वसम्मत रूपमा अनुमोदन गरिएको थियो।

सभामुख पदका लागि चैत २२ गते निर्वाचन हुनेछ। अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित भएका थिए।