July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

भैरहवा भजन टोलीको तदर्थ समिति गठन

Advertisement

भैरहवा–लोक संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्येश्यले भैरहवा भजन टोलीले सर्वसम्मत रुपमा तदर्थ कार्यसमितिको गठन गरेको छ ।

Advertisement

मंगलबार भैरहवामा सम्पन्न उक्त टोलीको भेलाले प्रतीक भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा तदर्थ समितिको गठन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सागर भुसाल, उपाध्यक्षमा सुरज रेग्मी, सचिवमा नोबेल आचार्य, सह–सचिवमा सृजन खड्का चयन भएका छन् ।

कोषाध्यक्षमा अजय अधिकारी र सह–कोषाध्यक्षमा सम्भव मुदभरी चयन भएका छन् । कार्यक्रम संयोजकमा किर्तन तिवारी तथा सह–कार्यक्रम संयोजकमा विनय पन्थी र सार्थक क्षेत्री रहेका छन् । सूचना प्रविधि संयोजकमा सादिन घिमिरे चयन भएका छन् । सदस्यहरूमा विनित रायमाझी, मनीष खनाल, माधवी अधिकारी, अस्मिता सुबेदी, दुर्गा कहार, सुवेक्षा न्यौपाने, आयुष केसी र धीरज डुम्रे चयन भएका छन् ।

समितिले बिधान तयार पारेर छिट्टै संस्थालाई दर्ता प्रकृयामा लैजाने अध्यक्ष भण्डारीले बताए । लोप हुँदै जान थालेको तथा अन्य बिदेशी सँस्कृतिको बढ्दो प्रभावले छायाँमा पर्न थालेको नेपाली मौलिक लोक भजन, किर्तनको संरक्षण गर्दै समाजमा बिस्तार गर्दै लैजाने मुख्य उद्येश्य समितिको रहेको उनले बताए ।