बर्षाले सिद्धार्थ र पूर्व–पश्चिम दुवै राजमार्ग अवरुद्ध


भैरहवा–शुक्रबारदेखि परेको वर्षाले सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड र पूर्व–पश्चिम राजमार्गको बुटवल–नरायणगढ सडक खण्डको दाउन्नेमा यातायात अवरुद्ध भएको छ ।
सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सानाठूला ढुंगा खसेपछि स्थानीय प्रशासनले सवारी साधन संचालनमा रोक लगाएको छ । भने, दाउन्नेमा वर्षाले हिलोमा सवारी फसेको र साना सवारी खाल्टाखुल्टीले चलाउन असहज भएपछि बिहान ११ बजेबाट दुईतर्फी नै यातायात अवरुद्ध भएको छ ।
यि दुवै सडक खण्डमा यात्रा गर्नु पुर्व नजिकको प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयमा सम्पर्क राखेर मात्र यात्रा गर्न यातायात व्यवसायीले सामाजिक सञ्जाल मार्फत सवैमा आग्रह गरेका छन् ।
शनिबार बिहानैदेखि पानी पर्न थालेपछि राजमार्गको तानसेन–वुटवल सडक खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा क्षेत्रमा सवारी साधन रोक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी होमप्रकाश चौधरीले मौसममा सुधार आउनासाथ सवारी साधन संचालन गर्न दिइनेछ । अहिलेलाई सवारी साधन संचालन गर्न जोखिम भएकाले केही घण्टाका लागि सवारी साधन संचालनमा रोक लगाइएको चौधरीले बताए ।
शुक्रबारदेखि सिद्धबाबा क्षेत्रमा पानी परेको छ । दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गमा जोखिम रहेको छ । सुरुङमार्ग निर्माण भइरहेको भए पनि त्यसको बाहिर ढुंगा खस्न रोकिएको छैन ।
दाउन्नेमा हिलोले सवारी सञ्चालनमा कठिनाइ हुँदा सयौं सवारीसाधन दाउन्नेमा जाममा रोकिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार, दाउन्ने बजार क्षेत्र, पैंसट्ठी मोड र दाउन्ने ओरालोमा सवारी सञ्चालन हुन सकेका छैनन् ।








प्रतिकृया दिनुहोस्