June 24, 2026, Wednesday
२०८३ असार ११ बिहीबार

आज लुम्बिनी प्रदेशको स्थापना दिवस, सार्वजनिक विदा

दाङ– आज लुम्बिनी प्रदेशको स्थापना दिवस । विविध कार्यक्रम गरी मनाइँदै छ। प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार र प्रदेश सभाले संयुक्तरुपमा मूल समारोहको आयोजना गर्दैछन् ।

प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधबार प्रदेशभर सार्वजनकि विदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

Advertisement