चार करोड लगानीमा भैरहवामा कियाको सुविधासम्पन्न सोरुम


भैरहवा– किया गाडीको भैरहवा र यस आसपासका क्षेत्रका लागि आधिकारिक विक्रेता वरुण मोटर्स प्रालिले सुविधा सम्पन्न सोरुम संचालनमा ल्याएको छ । वरुणले सिद्धार्थनगर–८ स्थित अंचलपुरमा सोरुम संचालनमा ल्याएको हो । सेल्स, सर्भिस र स्पेयर पार्ट्स सुविधा प्रदान गरिने उक्त सोरुमको शुक्रबार किया नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका निर्देशक रेखा घिमिरे र सरितादेवी अग्रवालले संयुक्तरुपमा शुभारम्भ गरे ।
सोरुमका संचालक राहुल अग्रवालका अनुसार ४ करोड लगानीमा सोरुम तयार भएको हो । १० हजार वर्गमिटर क्षेत्रफलमा बनेको सोरुममा पार्किङ सहितका सुविधाहरु छन् । अग्रवालका अनुसार विगत पाँच वर्षदेखि बरुण मोटर्सले यस क्षेत्रमा कियाका गाडीहरु विक्री गर्दै आइरहेको छ । तर, यसलाई अझै आधुनिकता, सरलता र सुविधा सम्पन्न गराउन नयाँ सोरु तयार गरी संचालनमा ल्याइएको हो । उनले उपभोक्तालाई हरेक सुविधाहरु छिटोछरितो, सुलभ र भरपर्दो तरिकाले प्रदान गर्दै आएको जनाए ।
कन्टिनेन्टल ट्रेडिङकी निर्देशक घिमिरेले राम्रो सुविधा र फराकिलो ठाउँमा सोरुम संचालनमा आएसँगै रुपन्देहीमा कियाको उपस्थितिलाई थप मजबुत बनाएको बताइन् । किया नेपालले रुपन्देहीमा आफ्नो उपस्थिति थप सुदृढ गर्ने उद्देश्यसहित किया भैरहवा सोरूम संचालनमा ल्याएको उनले जनाइन् ।
वरुण मोटर्स कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि अन्तर्गत किया नेपालको आधिकारिक डिलर हो । कन्टिनेन्टल ट्रेडिङ नेपालका लागि किया ब्रान्डको एकमात्र अधिकृत वितरक हो । कियाको विश्वव्यापी सोरूम मापदण्डअनुसार डिजाइन गरिएको भैरहवाको सोरुममा किया ब्राण्डका नवीनतम सवारी साधनहरू प्रदर्शनीमा राखिएको छ । साथै, ग्राहकहरुका लागि व्यावसायिक बिक्री परामर्श, बिक्रीपछिको सेवा तथा वास्तविक स्पेयर पाटर््सको सुविधा उपलब्ध गराइनेछ ।
यो सोरुम शुभारम्भले पश्चिम नेपालमा किया ब्राण्डको सेवा विस्तार र पहुँच बढाउने महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ । निर्देशक घिमिरेले भनिन्, ‘भैरहवामा किया सोरुमको उद्घाटन पश्चिम नेपालमा हाम्रो विस्तार रणनीतिको महत्वपूर्ण हिस्सा हो । रुपन्देही एक प्रमुख आर्थिक केन्द्र भएकाले यस सुविधामार्फत हामी ग्राहकहरुलाई विश्वस्तरीय सवारी साधन र भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न सक्षम हुनेछौं ।’
किया भैरहवा सोरूमले पश्चिम नेपालमा किया सवारी साधनप्रतिको बढ्दो माग पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । किया ब्राण्डका इन्धन र विद्युतीय सवारी साधनहरुले विश्वबजारमा प्रविधि, गुणस्तर र विश्वसनीयताका लागि अलग पहिचान बनाएको छ । सोरुम उद्घाटन समारोहमा किया नेपालका पदाधिकारीहरू, वरुण मोटर्सका प्रतिनिधिहरु, व्यापारिक साझेदारहरु र उपभोक्ता लगायतको उपस्थिति थियो ।








प्रतिकृया दिनुहोस्