June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

अत्यधिक चिसो बढेपछि दाङका पालिकाले गरे विद्यालय बन्द

Advertisement

दाङ– पछिल्लो हप्ता अत्यधिक चिसोसँगै शीतलहर पर्न थालेपछि दाङका पालिकाहरुले धमाधम विद्यालयहरुमा विदा दिन थालेका छन् । जिल्लाका घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

Advertisement

चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन बिदा दिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत ऋषिराम केसीले बताए ।

यसैगरी गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र राप्ती गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले तीन दिन विद्यालय बन्द गरिएको जानकारी दिए ।

लमही नगरपालिकाले पनि चिसो बढेकाले विदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख केशब लम्साले जानकारी बताए । विद्यालयमा विदा दिए पनि अन्य काम भने निरन्तर हुने पालिकाहरुले जनाएका छन् । अत्यधिक चिसोका कारण विद्यार्थीहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने समस्या समेत देखिन थालेका छन् ।