June 24, 2026, Wednesday
२०८३ असार १० बुधबार

राममणि क्याम्पसको अध्यक्षमा पुनः धिताल

Advertisement

तिलोत्तमा– रुपन्देहीको तिलोत्तमास्थित राममणि बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभा तथा तेस्रो अधिवेशनले निर्विरोध संचालक समितिमा नयाँ नेतृत्व चयन गरेको छ । क्याम्पस सभाले दोस्रो कार्यकालका लागि ध्रुवकुमार धितालालाई निर्विरोध अध्यक्ष चयन गरेको निर्वाचन समिति संयोजक प्रा.डा.गणेशप्रसाद पाठकले बताए ।

Advertisement

यस्तै, सञ्चालक सदस्यहरूमा कृष्णप्रसाद पौडेल र नेत्रलाल वन निर्विरोध चुनिएको निर्वाचन समितिका सदस्य प्रा.भार्गव धितालले जानकारी दिए । त्यसअघि, सञ्चालक समितिका अध्यक्ष धु्रुवकुमार धितालको अध्यक्षतामा क्याम्पस सभाका सदस्य एवम् नगरप्रमुख रामकृष्ण खाण, क्याम्पस सभा सदस्यहरूः गिरीशमणि आ.दी., प्रा.डा. सुदर्शन नेपाल र बुद्धिनाथ शर्माले कार्यक्रम उद्घाटन गरेका थिए ।

सञ्चालक समितिका सदस्य सचिव एवम् क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीको सञ्चालन र उपाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वागतमा भएको कार्यक्रममा बोल्दै क्याम्पस सभा सदस्य एवम् नगरप्रमुख खाणले आफ्नो तर्फबाट संस्थालाई सहयोग भैरहने उल्लेख गरे ।

कार्यक्रममा क्याम्पस सभा सदस्यहरूको प्रतिनिधित्व गर्दै संस्थापक क्याम्पस प्रमुख प्रा. सुदर्शन नेपाल, पूर्व सञ्चालक सुरेन्द्रकुमा वर्मा, स्ववियूका निवर्तमान सभापति शिव मल्ल, तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, निर्वाचन मण्डलका सदस्य कुलप्रसाद लामिछाने लगायतले बोल्दै क्याम्पसलाई अग्रणी बनाइरहन आफूहरूको सहयोग रहने बताए ।