तस्करहरूलाई सघाएर ‘मालामाल’ इप्रका मझगाँवा र मर्चवारका इन्चार्ज
भैरहवा– रुपन्देहीको मर्चवार क्षेत्रबाट तस्करी ब्यापक बढेको छ । प्रहरीकै संरक्षणमा मर्चवारमा रातिदिन साइकल, मोटरसाइकल, पिकअप गाडीमा तस्करी भइरहेको स्थानीय प्रत्यक्षदर्शी बताउँछन् । साथै स्थानीयले खुलेयाम भइरहेको तस्करीको भिडियो, फोटा खिचेर पब्लिक कुरालाई समेत उपलब्ध गराएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने मर्चवारमा दुईवटा इलाका प्रहरी कार्यालय छन् । यसमातहत दर्जन प्रहरी चौकी छन् ।…





