October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

बालिका हत्या आरोपमा ६ जना पक्राउ

बर्दिया– बाललिकाको हत्या आरोपमा बर्दिया प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिका–५, झबहीकी १० वर्षीया भारती (एन्जेल) देउवाको हत्या आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।

Advertisement

बालिका असोज १७ गते शुक्रबार करिब ३ बजे सोही पालिका गणेशपुरस्थित आफन्तको घरमा विवाह भोज खान गएकी थिइन् । विवाह घरबाट उनी घर नफर्केपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । सानो साइकल चढेर विवाह भोजमा गएकी उनी बेपत्ता भएपछि खोज्दै जाँदा घोप्टो पारेर बालुवाले पुरिएको अवस्थामा शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय, पाताभारका प्रहरी निरीक्षक मदन बहादुर गुरुङका अनुसार अहिले नियन्त्रणमा लिएकाहरुमाथि अनुसन्धान सुरु भएको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।