October 8, 2025, Wednesday
२०८२ आश्विन २२ बुधबार

५० क्विन्टल खरबुजाको बिउ बरामद

भैरहवा– जिल्ला प्रहरी कर्यालय, रुपन्देहीले सोमबार बिल बिनाको ५० क्विन्टल खरबुजाको बिउ बरामद गरेको छ । जिल्ला प्रहरीले मंगलबार दिउँसो प्रेस बिज्ञप्ती जारी गरेर वडा प्रहरी भैरहवाबाट खटिएको टोलीले सोमबार बिहान ओमसतिया गाउँपालिका–४, डण्डाबाट उक्त सामान बरामद गरेको जनाएको छ ।

Advertisement

जिल्ला प्रहरीका डीएसपी गणेशप्रसाद सापोकाटाले विशेष सूचनाका आधारमा खटिएको टोलीले बा.प्र.०३–००१ ख १६८४ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा १ सय २५ बोरा खरबुजाको बिउ बरामद गरेको जनाए ।

प्रहरी स्रोतका अनुसार उक्त खरबुजाको बिउ भारतबाट आयात गरिएको आशंका गरिएको छ । साथै उक्त सामानको बिल समेत छैन ।

बरामद खरबुजाको बिउ र ओसारपसारमा प्रयोग गरिएको ट्रक समेतको मूल्य २० लाख रुपैयाँ अनुमान गरिएको प्रहरीले जनाएको छ । बिउ, मिनी ट्रकसँगैं मायादेवी–६, बसोबास भएका चालक राजकुमार मल्लाह समेतलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।