जेनजी अभियन्ताहरूको चर्को दबाबः केपी ओली र रमेश लेखकलाई पक्राउ गर

भैरहवा– भदौं २३ र २४ को जेनजी आन्दोलनमा सरकारले दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न चर्को दवाव पर्न थालेको छ । सोमबारबाट सुरु अभियान अहिले सामाजिक संजालमा छ्यापछ्याप्ती भएको छ । जेनजी अभियानकर्ताले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन्।
जेनजी अभियन्ता सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका हुन्।
उनीहरूले ओली र लेखकले जेनजीहरूको हत्या गरेको भन्दै तत्काल पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका हुन्।
यसअघि यी दुवै नेतालाई विदेश जानका साथै उपत्यका छाड्नसमेत रोक लगाइएको थियो। जेनजी अभियानकै अभियन्ता रक्षा बलमे भने अर्कै पोस्टर सेयर गरेकी छन्, जसमा ओलीको मात्रै फोटो छ।
प्रतिकृया दिनुहोस्