October 6, 2025, Monday
२०८२ आश्विन २० सोमबार

लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

भैरहवा— राजधानी काठमाडौं लगायत मुलुकका पूर्वी भागमा वर्षा थामिए पनि मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ ।

Advertisement

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाल जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।