October 6, 2025, Monday
२०८२ आश्विन २० सोमबार

विपद्मा राहत र उद्धारमा अहोरात्र खटिने सबैप्रति उच्च कदर छः प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले भारी वर्षाका कारण इलामलगायतका स्थानमा भएको विपद् र जनधनको क्षतिप्रति दुःख  व्यक्त गरेकी छन्।

Advertisement

आज सामाजिक सञ्जालमार्फत उनले यस कठिन घडीमा, दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेकी छन् । उनले राहत र उद्धारमा अहोरात्र खटिने सबैप्रति उच्च कदर गरेकी छन् ।

“विपत्तिको सामना गर्ने क्रममा नेपाली जनताले देखाएको धैर्य र सहयोग सराहनीय छ, जसका लागि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु, साथै प्रभावित क्षेत्रमा राहत वितरण जारी रहेको जानकारी गराउँदछु”, प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन् ।