October 6, 2025, Monday
२०८२ आश्विन २१ मंगलवार

नेकपा एसले चुनावको तयारी गर्न बनायो भुसालको नेतृत्वमा कार्यदल

नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनको तयारी गर्न महासचिव घनश्याम भुसालको नेतृत्वमा कार्यदल गठन गरेकाे छ। अध्यक्ष माधव नेपालद्वारा जारी अपानिमा चुनावी रणनीति तयार गर्न कार्यदल गठन गरिएकाे उल्लेख छ।

कार्यदलमा उपमहासचिव तथा संसदीय विभाग प्रमुख गरिमा शाह, उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराई, सचिव तथा आर्थिक विभाग प्रमुख सोमप्रसाद पाण्डे, स्थायी कमिटी सदस्य विजय पौडेल, पोलिटब्युरो सदस्य तथा निर्वाचन विभाग प्रमुख दिलकुमारी पन्त, पोलिटब्युरो सदस्य तथा कानून फॉट इन्चार्ज धनप्रसाद गौतम, पोलिटब्युरो सदस्य तथा कानून विभाग प्रमुख देउमान सम्बाहाम्फे र केन्द्रीय कमिटी सदस्य केदार सञ्जेल सदस्य रहेका छन् ।