एमाले अध्यक्ष ओलीलाई पद छाड्न दवाव

भैरहवा– नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीलाई पद छाड्न दवाव बढेको छ । भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको विद्रोहले सत्ताको नेतृत्व गरिरहेका ओलीले पद छाड्न बाध्य भए । अहिले एमालेका दोस्रो तहका नेताहरुले ओलीलाई भित्रीरुपमा पद छाड्न भनिरहेका छन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भदौ २४ गते नै राजीनामाको माग गरेका थिए । भदौ २३ गते बानेश्वर क्षेत्रमा ठूलो मानवीय क्षति भएकाले त्यसको नैतिक जिम्मेवारी लिँदै तत्काल मार्ग प्रशस्त गर्नुपर्ने उनको धारणा थियो । भदौ २४ गते बिहान १० बजेतिरै उनले यस्तो बताएका थिए । यद्यपि त्यसबेला नै उनको घर जलिसकेको थियो । राज्यविहीनतका अवस्था सिर्जना भइसकेकाले ओली प्रधानमन्त्रीका रूपमा पदमा बस्ने नैतिकता सकिइसकेको बताएका थिए ।
त्यतिबेला उनले पार्टी अध्यक्षबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेका थिए। प्रधानमन्त्री ओलीले २ बजे राजीनामा दिए । तर स्थिति साम्य भएन । सुरक्षाकर्मी नै हारमान्नु भए । प्रदर्शनकारीले सरकारका तीनै अंग कब्जा गरे। देशको प्रशासनिक केन्द्र मात्रै होइन राष्ट्रपति र प्रधानमन्त्री निवास नै खाक बन्न पुग्यो ।
यो घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने र पार्टी पुनर्गठन हुनुपर्ने उपाध्यक्ष युवराज ज्ञवालीले बताए । सचिव योगेश भट्टराईले पार्टी आन्दोलनको पुनर्गठनको खाँचो औंल्याएका छन् ।
केपी ओलीको प्रधानमन्त्रीबाट बहिर्गमन तीनै पटक सुखद् रहेन । पहिलो पटक (२०७३ साउन ९) उनीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएपछि राजीनामा दिएर हटेका थिए । दोस्रोपटक परमादेशमार्फत् हटाइएका ओलीलाई पछिल्लोपटक जेन–जी विद्रोहले उखेलिदियो ।
दोस्रोपटक विधान महाधिवेशन (२०८२ भदौ २०–२२) मार्फत् पार्टीमा आफूलाई निर्विकल्पजस्तै बनाएका ओलीलाई जेन–जी विद्रोहले नै पार्टी सत्ताबाट पनि हटाउने स्थिति बनेको छ ।
प्रतिकृया दिनुहोस्