युवाको योगदानको सम्मान गरः उद्योग बाणिज्य महासंघ लुम्बिनी

भैरहवा– नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशले भ्रष्टाचार र सामाजिक सञ्जालमाथि प्रतिबन्धको बिरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि सरकारले गरेको दमनको बिरोध जनाएको छ । राजधानी लगायत मुलुकका विभिन्न सहरमा प्रदर्शनमा उत्रिएका युवामाथि भएको दमन र त्यसक्रममा युवाले ज्यान गुमाएको घटनाले मर्माहत तुल्याएको जनाएको छ ।
महासंघका अध्यक्ष कृष्णप्रसाद शर्माले मंगलबार प्रेस बिज्ञप्ती जारी गरेर प्रदर्शनका क्रममा युवाले ज्यान गुमाएको घटनाले निजी क्षेत्र शोकमा डुबेको उल्लेख गरेका छन् । महासंघ लुम्बिनीले प्रदेश शान्तिपूर्ण संवाद, विधिको शासन र लोकतान्त्रिक मूल्यको संरक्षणमा विश्वास राख्ने जनाएको छ ।
‘सबैं प्रकारका दुःखद घटना दोहोरिन नदिन सम्बन्धित सबै पक्षसित आग्रह गर्दछौं,’ बिज्ञप्तीमा भनिएको छ, ‘समृद्ध, समावेशी र सहिष्णु समाज निर्माणमा युवाको योगदान अमूल्य छ, उनीहरुको आवाजलाई सुन्ने, बुझ्ने र सम्बोधन गर्ने जिम्मेवारी बहन गर्नुपर्छ भन्ने निजी क्षेत्रको धारणा रहेको छ ।’
सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान
प्रतिकृया दिनुहोस्