September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

नेपाल कुरियर सेवा संघ रूपन्देहीको अध्यक्षमा संजय राना

भैरहवा– नेपाल कुरियर सेवा संघ जिल्ला कार्यसमिति, रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट संजय रानाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

Advertisement

नवनिर्वाचित संघको उपाध्यक्षमा हरिकुमार श्रेष्ठ, सचिवमा शैलेशकुमार यादव र कोषाध्यक्षमा युवराज अर्याल छन् । यस्तै, कार्यसमिति सदस्यहरुमा अंकुर कोहाँर, यमलाल गौतम र कृष्णबहादुर सिंह छन् ।

संघका अनुसार अध्यक्षसहितका सम्पूर्ण पद निर्विरोध चयन गरिएको हो । अध्यक्ष निर्वाचित भएपछि संघका अध्यक्ष रानाले आफ्नो कार्यकालमा रचनात्मक कार्यसम्पादन गर्ने जनाए । उनले संघको गरिमालाई माथि उठाउने गरी संस्थागत र व्यवसायिक विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।