June 7, 2026, Sunday
२०८३ जेष्ठ २४ आईतवार

सामूहिक खेलकुद महोत्सव : छात्र र छात्रा दुवै समूहमा भलिबल प्रतियोगिता

Advertisement

भैरहवा–सामूहिक विद्यालय परिवार, रुपन्देहीको भैरहवामा जारी ‘सामूहिक खेलकुद महोत्सव–२०८२’ अन्तर्गत छात्र र छात्रा दुवै समूहमा भलिबल प्रतियोगिता भएका छन् ।

Advertisement

मंगलबार भैरहवास्थित नेपाल नालन्दा आवासीय उच्च माविको खेल मैदानमा सञ्चालित भलिवल प्रतियोगिता अन्तर्गत छात्रतर्फको खेलमा युनिभर्सल इङ्गलिस बेर्डिङ स्कुलले लर्ड बुद्ध स्कुललाई २–० सेटको अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

दोस्रो खेलमा स्प्यान्गल स्कूलले एभरेस्ट स्कुल विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २–० सेटमा जित हासिल गर्यो । तेस्रो खेलमा मनकामना स्कुलले नमूना स्कूललाई कडा प्रतिस्पर्धामा २–१ सेटले हराउँदै अगाडि बढ्यो ।

मिनर्वा स्कूलले सञ्जीवनी स्कुल विरुद्ध २–० सेटको जित निकाल्न सफल भयो । अन्य खेलमा न्यू ईरा स्कूलले आदर्श स्कूललाई सोझो २–० सेटमा पराजित गर्दै जित हात पारेको छ । यसैगरि, छात्रातर्फ पहिलो खेलमा आदर्श स्कुलले सीबी पब्लिक स्कुललाई २–० सेटको जितसँगै प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्यो ।

दोस्रो खेलमा मिनर्वा स्कूलले नालन्दा स्कूललाई सोझो २–० सेटले पराजित गर्यो । त्यसपछि भएको रोमाञ्चक खेलमा न्यू ईरा स्कुलले लर्ड बुद्ध स्कूल विरुद्ध २–१ सेटमा कठिन जित हासिल गर्यो । युनिभर्सल स्कूलले फ्युचर लाइट स्कूललाई २–० सेटमा पराजित गर्यो । सञ्जीवनी स्कूलले नमूना स्कूललाई २–० सेटले पराजित गर्दै आफ्नो जित सुनिश्चित गर्यो ।

भलिवनल तर्फको फाइनल खेल बुधवार सम्पन्न हुने आयाजकले जनाएका छन् ।