September 28, 2025, Sunday
२०८२ आश्विन १२ आईतवार

ऐतिहासिक ‘सिद्धगुफा’

पाल्पा– पाल्पा र स्याङ्जा जिल्लाको सिमानामा पर्ने राम्दीमा छ, प्राचिन तथा ऐतिहासिकस्थल ‘सिद्धगुफा’ । सिद्धार्थ राजमार्गबाट करिव एक सय मिटरकै दुरीमा रहेको यो गुफामा पैदल पाँच मिनेटमैं आरामले पुगिन्छ । कालीनदीको पश्चिमतर्फको किनारमा पहाडको फेदीमैं रहेको यो गुफा स्थल कपिलमुनि र भगवान श्रीरामले समेत तपस्या गरेको तपोभूमि हो ।

Advertisement

तर, राम्दी पुग्ने धेरैलाई यो गुफा र यहाँको ऐतिहासिक महत्वका वारेमा वजवानकारी हुँदैन । न त त्यस स्थलको प्रचार प्रसार, संरक्षण तथा प्रबद्र्धनका लागि कुनै पहल नै गरिएको छ । गुफा स्थलमा रहेको प्राचिन मन्दिरमा अहिले पनि कैयन् बर्षअघिदेखि अखण्ड रुपमा रामधुनि बलिरहेको छ । निभाइएको छैन ।

प्रत्येक दिन रुद्री गर्ने गरिन्छ । स्थानीयदेखि केन्द्र सरकारले यहाँको विकास र प्रबद्र्धनमा चासो दिने हो भने आन्त्रिक र बाह्य पर्यटकका लागि यो स्थल आकर्षणको एउटा गन्तब्य बन्न सक्छ ।