September 28, 2025, Sunday
२०८२ आश्विन १३ सोमबार

सभ्य र सुरक्षित तरिकाले चाडपर्व मनाउन रूपन्देही प्रहरीको आग्रह

भैरहवा– रुपन्देही प्रहरीले सभ्य एवं सुरक्षित तरिकाले चाडपर्व मनाउन आग्रह गरेको छ । प्रहरीले सार्वजनिक सूचना जारी गरी कुनै सहयोग वा जानकारी चाहिएमा सम्पर्क गर्न अनुरोध गर्दै सचेत रहेर पर्व मनाउन आग्रह गरेको हो ।

Advertisement

प्रहरीले चाडपर्वको समयमा हुन सक्ने अपराधिक घटनाहरुबाट जोगिन घर, कोठा छाडेर जानपरे झ्याल ढोका बन्द गरी विश्वासिलो छिमेकीलाई जानकारी गराउन, व्यक्तिगत क्रियाकलाप सामाजिक संजालबाट प्रवाह नगर्नका साथै सामाजिक संचालनको प्रयोगमा सचेतना अपनाउन, घर टोलको सुरक्षाका लागि सबै मिलेर सिसिटभी, सेक्युरिटी साइरन लगायत जडान गरी सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको छ ।

साथै, समस्या परे वा कुनै जानकारी लिन–दिन परे कन्ट्रोल रुमको नम्बर १००, ९८५७०९०६२२, ९८५७०४९३४२ मा सम्पर्क गर्न आग्रह गरेको छ । प्रहरीले आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरुको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटो सहितको अभिलेख राख्न समेत अनुरोध गरेको छ ।

यात्राको क्रममा कुनै अपरिचित मानिसहरुसँग धेरै घुलमिल भई व्यक्तिगत गोपनियता नखोल्न र उनीहरुले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान, सुन तथा डलर साट्ने नाममा झुक्याउन सक्ने भन्दै कुनै पनि कुराको लोभमा नपरी शंका लागेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ ।

यस्तै, आफ्ना व्यक्तिगत क्रियाकलाप सामाजिक सञ्जालबाट प्रवाह नगर्न र सामाजिक सञ्जालको प्रयोगमा सचेतना अपनाउन अपिल परेको छ । घर टोल सुरक्षाका लागि सबै मिली सिसिटिभी, सेक्युरिटी साइरन लगायत जडान गरी सुरक्षाका उपायहरु अपनाउन, चाडपर्वको नाममा कानुनद्वारा प्रतिवन्धित जुवा, तास नखेलाउन र खेल्न नदिन रुपन्देही प्रहरीको अनुरोध छ ।

घर, कोठा छोडेर कहि कतै जानुपर्दा आफ्नो घरको झ्याल, ढोका राम्रोसंग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई जानकारी समेत गराऔं।

बहुमुल्य गरगहना लगाएर कुनै मेला पर्व तथा भिडभाडमा नजान र जानै परेमा चनाखो हुन्, भिडभाड हुने स्थानहरुमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा त्यस उपर ख्याल पुर्याउन, पटाका, भुईचम्पा, आतिसबाजी लगायतका बिष्फोटक पदार्थले मानवीय, भौतिक एवं वातावरणीय क्षति पुग्ने भएकोले यसको प्रयोग नगर्न प्रहरीको अनुरोध छ ।

यसैगरी नशालु वा मादक पदार्थ सेवन गरी सवारी नचलाउन, विभिन्न चिठ्ठाहरुको नामबाट ठगी भइरहेकाले त्यस्ता व्यक्ति तथा संस्थाहरुबाट सजक रहन, कुनै पनि प्रकारको उछृङ्खल, अवाञ्छित तथा अपराधिक क्रियाकलाप नगर्न, अपराध नियन्त्रण तथा अपराध रहित समाजको निर्माणमा सदैव प्रहरीलाई सहयोग गर्न आग्रह गरिएको छ ।