September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

रूपन्देहीको बुटवल, सैनामैना र लुम्बिनीमा प्रदर्शन

भैरहवा– संघीय राजधानी काठमाडौं लगायत मुलुकका प्रमुख सहरमा जेनजी पुस्तामाथि भएको सरकारी दमनको बिरोधमा रुपन्देहीको सैनामैना, बुटवल र लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवाले प्रदर्शन गरिरहेका छन् ।

Advertisement

रुपन्देही प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै सैनामैनाका विभिन्न ठाउँबाट भेला भएका युवाले नगरपालिकाको मुख्यद्वारमा प्रदर्शन गरिरहेका छन् । गेटबाहिर भेला नाराबाजी गरिरहेका उनीहरुले सरकारी दमन, भ्रष्टाचार र मनपरि शासनप्रति बिरोध जनाइरहेका छन् । प्रदर्शनकारी नगरपालिका प्रवेश गर्न खोजेपछि सुरक्षाकर्मीले रोकेका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका विभिन्न क्षेत्रबाट महिलावर चोकमा जम्मा भएका प्रदर्शनकारीले सरकार बिरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । राष्ट्रिय झण्डा र ब्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरुले बजार परिक्रमा गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका लुम्बिनीका युवा राज यादवले कम्तिमा ५ सय जना प्रदर्शनमा सहभागी रहेको जनाए । ‘हामीले शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौं,’ उनले भने ।

सोमबार दिनभर तनावग्रस्त रहेको बुटवलको मिलनचोकमा मंगलबार पनि युवाहरु प्रदर्शनका लागि भेला भएर प्रदर्शन गरिरहेका छन् । जिल्लामा गरिने प्रदर्शन लक्षित गरेर जिल्ला प्रशासनले बिहान साढे ९ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । आन्दोलनलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

युवाको योगदानको सम्मान गरः उद्योग बाणिज्य महासंघ लुम्बिनी

जेनजी आन्दोलनः भैरहवाको कृषि क्याम्पसका सबै विद्यार्थीद्वारा पार्टीसम्बद्ध संगठन परित्याग, साइनबोर्ड जलाइयो

जेनजी आन्दोलनः ओमसतिया गाउँपालिकाद्वारा शोकमा कामकाज ठप्प

जेनजी आन्दोलनः ओमसतिया गाउँपालिकाद्वारा शोकमा कामकाज ठप्प

सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान

रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी