September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

सिउबा संघद्वारा जेनजी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै बजार बन्द आह्वान

भैरहवा– जेनजी पुस्ताको आन्दोलनप्रति रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघले ऐक्यबद्धता जनाएको छ । राज्य सञ्चालनका क्रममा व्याप्त विकृति र भ्रष्टाचारबिरुद्ध जेनजी पुस्ताले सोमबार गरेको शान्तिपूर्ण प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति शोक जनाउन र आन्दोलनमा एक्येवद्धता प्रकट गर्न संघले मंगलबार भैरहवाका उद्योग–व्यवसाय बन्द आह्वान गरेको छ ।

Advertisement

संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले मंगलबार बिहान प्रेस बिज्ञप्ती जारी गरेर लोकतान्त्रिक समाजमा शान्तिपूर्ण आन्दोलनमार्फत् नागरिकले आफ्ना माग र आवाज राख्न पाउने नैसर्गिक अधिकार भए पनि सोमबार युवामाथि भएको अमानवीय व्यवहार र घटनाले गहिरो पीडा दिएको उल्लेख गरेका छन् ।

सामाजिक न्याय, शान्ति र सुरक्षा अनुभूति दिलाउनुपर्ने जिम्मेवारी बोेकेको सरकारबाट निन्दनीय र अमानवीय घटना हुनु दुःखद भएको जनाउँदैं संघले घटनाको भत्र्सना गरेको छ । ‘यस घडीमा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण र जेनजी आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्न मंगलबार सिद्धार्थनगर क्षेत्रका उद्योग तथा व्यवसाय बन्द गरेर सहयोग गरिदिन अनुरोध छ,’ संघले विज्ञप्तीमा उल्लेख गरेको छ ।

रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी