September 10, 2025, Wednesday
२०८२ भाद्र २५ बुधबार

रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

भैरहवा- रूपन्देही प्रशासनले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेकाे छ । जेनजी प्रदर्शनलाई लक्षित गरेर साेमबार जिल्लाका भैरहवा-बुटवल क्षेत्रमा कर्फ्यु आदेश जारी भएकाे थियाे । गएरातिदेखि कर्फ्यु आदेश सकिएपछि मंगलबार बिहानदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हाे ।

Advertisement

सोमबार जिल्लामा जेनजीहरुले प्रदर्शन गरेका थिए । जेनजी प्रदर्शनका क्रममा मुलसकभर हालसम्म १९ जनाकाे मृत्युु भएको छ । रुपन्देहीका विभिन्न स्थानमा तोडफोड गरेपछि प्रशासनले गएराति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै मंगलबार बिहान साढे ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको रुपन्देहीका प्रमुख जिल्लाका अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।

`निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ´, प्रशासनद्वारा जारी निषेधाज्ञा आदेशमा भनिएको छ ।

हेर्नुहोस् प्रशासनकाे निषेधाज्ञा पत्र: