सात करोडको लागतमा निर्मित भवन प्रयोगबिहीन

भैरहवा– हाटबजारलाई व्यवस्थित बनाउन पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ मा करोडौंमा लागतमा निर्माण गरिएको भवन प्रयोगबिहीन अवस्थामा छ ।
रामग्राम नगरपालिकाको झरही खोला नजिकै लाग्ने गरेको हाटबजारमा वर्षातका समयमा बर्षा र घामबाट किनमेल गर्न आउने ग्राहक र व्यापारीलाई सुरक्षित र व्यवस्थित बनाउन सहरी विकास तथा भवन निर्माण विभाग चितवनले ७ करोड रुपैयाँको लागतमा उक्त भवन निर्माण गरेको हो ।
सटर भाडाको लागि ८० हजार जम्मा गरे पनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताएका छन् । सटर भाडाको लागि नगरपालिकामा निवेदन दिए पनि नगरपालिकाले भाडामा नदिएको उनले बताए । भाडामा बस्नको लागि नगरपालिकाका प्रमुखसँग आग्रह गरे पनि सटर भाडामा नदिएपछि आफूले जम्मा गरेको रकम एक महिना पछि फिर्ता लिएको भनाइ उनको छ ।
चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजार भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको जनाइएको छ । भाडामा नदिँदा निर्माणाधिन भवन प्रयोगबिहीन भएको रौनियार बताउँछन् ।
१ एक सय बढी सटर निर्माण गरिएको र ब्लक, शौचालय, सेनेटरी र वाइरिङको काम गर्न बाँकी रहेकोले प्रयोगबिहीन अवस्थामा रहेको विभागका सव ईन्जिनियर वीरेन्द्र मण्डलले बताए । भाडामा दिनका लागि रामग्राम नगरपालिकाले चार पटक सूचना प्रकाश गरे पनि भाडामा लिने व्यक्ति अहिलेसम्म सम्पर्कमा नआएको नगर प्रमुख धनपत यादवले जनाए ।
प्रतिकृया दिनुहोस्