June 21, 2026, Sunday
२०८३ असार ७ आईतवार

सुप्रिम सहकारी बुटवलका अध्यक्ष र भैरहवाका व्यवस्थापक पक्राउ

भैरहवा– सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई रुपन्देहीबाट पक्राउ गरेको छ । प्रहरी टोलीले सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष र व्यवस्थापकलाई पक्राउ गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतका अनुसार सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागार्इंलाई पक्राउ गरिएको हो । दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यो सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् । उनी नै यो सहकारीको संस्थापक अध्यक्ष थिए । उक्त सहकारीबाट एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए ।

सोही सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड बढी रुपैयाँ ऋण लिएको छ । लुम्बिनी प्रदेशका डीआईजी कडायतका अनुसार उनीहरु दुवै जनालाई बुटवलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैको म्याद थप गरेर अनुसन्धान हुँदैछ । जीवी राई आबद्ध सहकारीबाट हजारौं बचतकर्ताको रकम हिनामिना भएको छ । बुटवल र भैरहवामा रहेको सुप्रिम सहकारीबाट पनि कयौंको रकम हिनामिना भएको छ ।

Advertisement