April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

जनएकीकृत सहकारी आफ्नै भवनमा

भैरहवा– जनएकीकृत बहुउद्देश्यीय सहकारी संस्था लि. आफ्नै भवनमा सरेको छ । सियारी–१, नागथानमा रहेको संस्थाले आफ्नो भवन निर्माण गरी सेवा प्रवाह सुरु गरेको हो । भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । भवनको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले एक समारोहकावीच संस्थाको उद्घाटन गरेका हुन् । सुविधा सम्पन्न आधुनिक दुईतले भवन ७१ लाख रुपैयाँको लगानीमा निमार्ण भएको संस्थाका अध्यक्ष जगन्नाथ न्यौपानेले बताए ।

Advertisement

भवन उद्घाटनका अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष घिमिरेले संस्थाको प्रगती प्रशंसायोग्य रहेको जनाए । आगामी कार्यक्रम पालिकाको सहकार्यमा गर्दै जाने बताउँदै उनले पालिकको हरेक विकासमा कुनै कमि र कसर बाँकी नराख्ने बताए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष विष्णु तिवारीले सहकारीले आवश्यक ठानेमा हरेक काममा सहयोग रहने बताए । उनले बाटोघाटोसहित यस क्षेत्रको विकासमा ध्यान दिन जनप्रतिनिधिलाई चनाखो हुन आग्रह गरे ।

Advertisement

ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बेलबहादुर बरालले संस्थाले आफ्नै भवन बनाउन सक्षम भएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रमा टुगा आस्था विकास साकोसका उपाध्यक्ष प्रर्शुराम बास्तोलाले आगन्तुक सहकारी भन्दा आफ्नै नजिकका सहकारीमा आवद्ध हुन सदस्यहरुलाई आग्रह गरे । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि. भैरहवा शाखाका प्रमुख प्रकाश पन्थीले सहकारीसंगको सहकार्य निरन्तर रहिरहने बताए ।

राष्ट्रिय एकीकृत भूपु सैनिक संगठनका अध्यक्ष धनसिंह पुन लगायतले संस्थाको प्रगतीको शुभकामना दिएका थिए । २०५७ सालमा स्थापना भएको संस्था २०७२ सालमा मर्ज भएर विशाल बनेको छ । अहिले साढे ११ सय शेयर सदस्य रहेको संस्थाका अध्यक्ष न्यौपानेले बताए । संस्थाका उपाध्यक्ष गीता घर्तीको स्वागत तथा सचिव गंगाप्रसाद कंडेलको संचालन कार्यक्रम भएको थियो ।