July 27, 2026, Monday
२०८३ श्रावण ११ सोमबार

रातारात कब्जा कपास विकास समितिको जग्गा खाली गराइयो

Advertisement

बर्दिया– भूमिहीनका नाममा रातारात कब्जा गरिएको बर्दिषस्थित कपास विकास समितिको जग्गा खाली गराइएको छ । प्रशासनले जग्गा खाली नगरे कारबाही गर्ने चेतावनी दिएपछि जग्गा कब्जा गरेका व्यक्ति आइतबार राति त्यहाँबाट हटेका थिए ।

Advertisement

कपास विकास समिति, मधुवन नगरपालिका–८, कुसुम्बा बजारस्थित कपास विकास समितिको घर जग्गा भूमिहीनको नाममा कब्जा गरेर बसेकाहरु प्रहरीको चेतावनीपछि आइतबार राति छाडेर गएका हुन् ।

प्रहरीले माइकिङ गर्दै कब्जा गरेको कपास विकास समितिको जग्गा खाली गर्न भनेपछि छाडेर निस्केको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । अहिले त्यहाँबाट सबै भूमिहीनका नाममा आएकाले कपास विकास समितिको जग्गा छाडेर फर्किसकेको उनले जनाए ।

बर्दिया लगायत विभिन्न जिल्लाबाट आएका करिब १ सय ५० जनाले आइतबार बेलुकी कब्जा गरि अस्थायी टहरा बनाउन थालेका थिए । नेपाल शुद्ध भुमिहीन स्वतन्त्र पार्टीको नाममा उनीहरुले कपास विकास समितिको जग्गा कब्जा गरेका थिए । सशस्त्र द्वन्द्वका समयमा माओवादीले कब्जा गरेको घर र भवन २०६४ सालमा सशस्त्र प्रहरीले अतिक्रमण हटाएर क्याम्प राखेको थियो ।

करिब ४ वर्षअघि सशस्त्र क्याम्प अन्यत्र स्थान्तरण गरि कपास विकासको जिम्मा लगाइएकोमा उक्त पार्टीले कब्जा गरेको थियो । अतिक्रमण हटाउन सशस्त्र प्रहरी बल र नेपाल प्रहरी त्यसतर्फ परिचालन भएका थिए ।