July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

एकीकृत समाजवादीमा पार्टी एकताबारे मतभेद, बैठक स्थगित

Advertisement

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बिहीबारलाई तय भएको भर्चुअल बैठक स्थगित भएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले आज बिहीबारका लागि तय भएको भर्चुअल बैठक स्थगित गर्दै कात्तिक १२ र १३ मा फिजिकल केन्द्रीय कमिटी बैठक बस्नेगरी तय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।

Advertisement

समाजवादी मोर्चामा रहेका दलहरूबिच एकताको गृहकार्य भइरहेका बेला सो पार्टीले पूर्वनिर्धारित बैठक स्थगित गरेको हो । एकीकृत समाजवादीमा माओवादी केन्द्रसँग पार्टी एकताबारे मतभेद रहँदै आएको छ ।

उक्त पार्टीमा युवा पुस्ताको माग अनुसार पहिलो पुस्ताका सबै नेताले नेतृत्व छाड्नुपर्छ भन्ने मत बढी छ । यसबाहेक पार्टी एकता गर्दा पनि माओवादीसँग भन्दा एमालेसँगको एकतालाई बल गर्नुपर्छ भन्ने नेता कार्यकर्ताको सङ्ख्या धेरै छ ।