July 28, 2026, Tuesday
२०८३ श्रावण १२ मंगलवार

‘रोटरीयन बन्न सेवाभावबाट प्रेरित हुनुपर्छ’

Advertisement

बुटवल– रोटरी क्लब अफ बुटवलको १५८३ औं रोटरीयन इन्फरमेशन बैठक शनिवार बुटवलमा सम्पन्न भएको छ । बैठकमा रोटरी क्लव अफ बुटवलका पूर्व सचिव तथा प्रोफेशर रोम शर्माले रोटरीयन किन हुने र रोटरीयन बन्नका लागि अबलम्बन गर्नु पर्ने आचरणका वारेमा प्रकाश पारे । प्रोफेशर शर्माले कुनै व्यक्ति रोटरीयन हुनका लागि स्वार्थ भन्दा माथि सेवा भने भावनावाट प्रेरित व्यक्तिमात्र रोटरीयन बन्न सक्ने जनाए ।

Advertisement

रोटरीमा लाग्नेहरुले गरीबी, अशिक्षित, स्वास्थ्य क्षेत्रमा पछाडी परेकाहरुको सेवा गर्न मन भित्रैवाट तल्लिन हुनु पर्नेमा जोड दिए । रोटरी क्लब सेवा गर्ने प्लेटफर्म भएकाले सेवासँगै पेशा व्यवसायको पनि नेटवर्किङ गरी त्यसको पनि प्रमोशन गर्न सकिने कुरा प्रोफेशन शर्माले औल्याए ।

पैसा हुनेले पैसा नहुनेले आफूसँग भएको विज्ञता र समय हुनेले समय दिएर भए पनि सामाजिक सेवा भावमा जोडिनका लागि रोटरी क्लवहरुमा आवद्धता हुन सकिने धारणा उनले राखे ।

रोटरी क्लव अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले रोटरी क्लवले गरेका सामाजिक कार्यको वारेमा प्रकाश पादै रोटरीयनहरुले पालना गर्नु पर्ने विषयमा जानकारी गराए । कार्यक्रममा रोटरीयन मन्जु भुसाल लगायतले समसामयिक विषयमा धारणा राखेका थिए ।