जेनजी आन्दोलनका क्रममा भागेका ६ जना कैदी पक्राउ

दाङ– प्रहरीले दाङको तुलसीपुर कारागारबाट भागेका जना कैदीबन्दीलाई पक्राउ गरी कारागार चलान गरेको छ । दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय भुक्तान गर्दै आएका घोराही उपमहानगरपालिका–५ का बसन्त सार्की, ८ वर्ष कैद सजाय भुक्तान गर्दै आएका घोराही–१७ का मनोज चौधरी र १४ वर्ष कैद सजाय भुक्तान गर्दै आएका सल्यानको कालिमाटी गाउँपालिका–७ का जिउपाल दमाई छन् ।
यसैगरी कर्तव्य ज्यान मुद्दामा १५ वर्ष कैद सजाय भुक्तान गर्दै आएका राप्ती गाउँपालिका–८ पिपरीका बुधराम चौधरी, जबरजस्ती करणी मुद्दाका ७ वर्ष कैद सजाय भोग्दै आएका घोराही उपमहानगरपालिका–१३ मौलाका नारायण घर्तीमगर र जबरजस्ती करणी मुद्दामै १८ वर्ष कैद सजाय भोग्दै आएका गढवा गाउँपालिका–१ का सुनिल नेपाली छन् ।
जेनजी आन्दोलनका क्रममा उनीहरु कारागारबाट भागेका थिए । उनीहरूलाई भदौ १७ देखि असोज २१ गतेसम्म पक्राउ गरी कारागार कार्यालय तुलसीपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तुलसीपुर कारागारबाट भाद्र २४ गते १ सय २४ र २५ गते १ सय २९ जना कैदीबन्दी कारागारको मूल गेट तोडेर भागेका थिए । यसअघि १ सय ५५ जना पक्राउ परिसकेका थिए ।
प्रतिकृया दिनुहोस्