September 28, 2025, Sunday
२०८२ आश्विन १२ आईतवार

गृहमन्त्रीले प्रहरीलाई भने– राजनीतिक दबाबले रोकिएका सबै फाइल खोल्नू

गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

Advertisement

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका हुन् ।

निरीक्षणपछि गृहमन्त्री अर्यालले पत्रकारसित भनेका छन्, “सबै फाइलको ‘ब्रेक थ्रू’ हुन्छ । राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढ्छन् ।”

सीआईबी प्रमुखमा केही दिनअघि मात्रै सरकारले एआईजी मनोज केसीलाई ल्याएको छ ।