९७ गोलीका खोकासहित २ पक्राउ

भैरहवा– बाँकेको नेपालगन्ज–३, एकलैनीबाट चोरीको आरोपमा पक्राउ परेका २ जनाको साथबाट स्थानीयले ९७ गोलीका खोका र अन्य केही हातहतियार बरामद गरेका छन् । स्थानीयले उनीहरुलाइ वडा प्रहरी कार्यलयमा बुझाएका छन् ।
स्थानीयका अनुसार पक्राउ परेकाले बोकेको बोराबाट त्यतिका धेरै गोलीका खोका भेटिएका हुन् । नेपालगन्ज–३, का वडाध्यक्ष अय्युब सिद्दिकीले पक्राउ परेकामध्ये एकजना बर्दियाका र अर्का भारत बाबागन्जका रहेको बताए । जिल्ला प्रहरी कार्यलय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले यतिका धेरै गोलीका खोका उनीहरुले कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको बताए ।







प्रतिकृया दिनुहोस्