घाइते जेन–जी युवाको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीमा प्राथना

लुम्बिनी– गत भदौं २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा घाइते युवाको स्वास्थ्य लाभको कामना गर्दै बुद्व जनस्थल लुम्बिनीमा रहेका भिक्षु लामा–गुरुले प्राथना गरेका छन् । साथै उक्त आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको आत्माको शान्तिको कामना गरिएको छ ।
लुम्बिनी बुद्ध धर्म संघ संरक्षण संघको आयोजनामा मायादेवी मन्दिर परिसरमा आयोजित प्रार्थनामा आन्दोलनमा घाइते भएका युवाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । संघका सल्लाहकार भिक्षु सागर धम्मको संयोजकत्वमा आयोजित कार्यक्रममा लुम्बिनीस्थित थेरवादी र महायानी सम्प्रदायका भिक्षु, भिक्षुणी र लामा–गुरु सहभागी थिए ।
त्यस्तै, मुलुकभर शान्ति, सद्भाव र सहिष्णुता कायम होस् भनेर कामना पनि गरिएको थियो । उक्त अवसरमा मायादेवी मन्दिर गेटअघि बौद्ध परम्परा अनुसार १ सय ८ द्विप प्रज्वलन गरिएको थियो ।
प्रतिकृया दिनुहोस्