अराजकतालाई प्रश्रय दिने सबैले पार्टीसँगको आबद्धता छाडौंः सहमहामन्त्री आचार्य

- पब्लिक कुरा
- २०८२ आश्विन २
- 415 Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सबैलाई पार्टीसँगको आबद्धता छाड्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत आचार्यले रास्वपाको केन्द्रदेखि विभिन्न तहमा रहेका नेतृत्वले उग्रता प्रदर्शन गरेको देखिए त्यसको अपनत्व पार्टीले नलिने स्पष्ट पारेका छन् ।
‘रास्वपाजस्तो शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले नेतृत्व वा समर्थकले गरेका कुनै पनि उग्रताको समर्थन गर्न सक्ने ठाउँ रहन्न’, उनले लेखेका छन् ।
जेनजी आन्दोलनको क्रममा घटनासँग प्रत्यक्ष र परोक्ष सम्बन्ध रहेको भन्दै विभिन्न भिडियोहरू,फोटोहरू आफूलाई प्राप्त भएको र ती सबै सामग्रीहरू जस्ताका त्यस्तै अनुशासन आयोगसम्बद्ध सदस्यहरूलाई पेस गरेको आचार्यले जानकारी गराए ।
उनले नक्खु कारागार र देशभरका विभिन्न घटनाहरूमा पार्टी सम्बद्ध व्यक्तिहरूको संलग्नता सम्बन्धमा ६ बुँदे धारणा सार्वजनिक गरेका छन् ।
१, सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रदेखि विभिन्न तहमा रहेका नेतृत्वले उग्रता प्रदर्शन गरेको देखिए यस्तो कुराको अपनत्व पार्टीले लिन सक्दैन। रास्वपाजस्तो शान्ति र अहिंसात्मक राजनीतिलाई मूल मर्म बनाएको पार्टीले नेतृत्व वा समर्थकले गरेका कुनै पनि उग्रताको समर्थन गर्न सक्ने ठाउँ रहन्न। महिनौं भैरहवाको एउटा अँध्यारो कोठामा राखेर अड्डासार गरी नख्खु कारागारको एउटा कुनामा राखिएका र सूचनाको स्वाभाविक स्रोतबाट टाढा रहेका पार्टी सभापति रवि लामिछानेलाई कारागारको गेट नजिक नआउँदासम्म वस्तुस्थितिको प्रत्यक्ष मूल्याङ्कन गर्न सक्ने सुविधा थिएन। कारागारभित्र रहेका सभापतिलाई समेत नैतिक संकट पार्ने गरी अप्ठ्यारो परिस्थितिको आडमा भएका यस किसिमका उग्र प्रदर्शन वा गतिविधिमा पार्टी सदस्यहरूको कुनै किसिमको संलग्नता भएको देखिए बिना शर्त अनुसन्धानको दायरामा ल्याइनुपर्छ।
२, रास्वपाको ठुलो समर्थन आधार युवाहरू हुन्। तसर्थ शान्तिपूर्ण रूपमा युवाहरूले राखेका मागमा पार्टीको नैतिक समर्थन हुनु र शान्तिपूर्ण र स्वतःस्फूर्त सहभागिता स्वाभाविक हो। तर यदि रास्वपाका नेतृत्व र जिम्मेवार तह र तप्कामा रहेका कुनै पनि व्यक्तिहरू सो स्थानमा भीडलाई बोलाउने, उक्साउने वा भीडलाई उत्तेजित पार्ने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न छन् भने सो कार्य क्षम्य हुनुहुँदैन।नख्खु कारागार वरपर त्यस दिन भएका प्रदर्शनको सरकारले सकेसम्म छिटो छानबिन र अनुसन्धान गर्छ भन्ने विश्वास छ। उग्रताको नेतृत्व वा संलग्नता चाहे म,मभन्दा माथिल्लो तहका पदाधिकारी वा मभन्दा तल्लो तह जुनसुकै स्तरबाट भए पनि छानबिन र कारबाहीको दायरामा आउनुपर्छ। अराजकतालाई प्रश्रय दिने कार्यमा संलग्न सम्बन्धित सबैलाई पार्टीसँगको आबद्धता छाड्न र अनुसन्धान प्रक्रियामा सहयोग गर्न आग्रह गर्दछु।
३, भदौ २४ गते नख्खु कारागारबाट पार्टी सभापति रवि लामिछाने बाहिर निस्किएपछि कारागार परिसरमा भएको आगजनी तथा तोडफोडमा रास्वपाका जुनसुकै तहका नेताहरू संलग्न रहेको पाइएमा सरकारले कानुनअनुसार कारबाही गर्दा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु।
४, अहिंसा र आधारभूत लोकतान्त्रिक मूल्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सदैव प्रतिबद्ध छ। नेपाली राजनीतिमा आज अस्तित्वमा रहेका पार्टीहरूमध्ये अहिंसाको जगमा मतपत्रबाट शक्ति आर्जन गरेको दलमा पर्छ रास्वपा। रास्वपाले पार्टीभित्रका वा पार्टीबाहिरका, उच्च तहको वा तल्लो तहको कुनै पनि अराजक, उग्र र अवाञ्छित गतिविधि स्वीकार गर्दैन। देशभरका घटनाको सरकारले गर्ने जुनसुकै प्रकारको निष्पक्ष, पारदर्शी र विश्वसनीय अनुसन्धानमा पार्टीकोको सहयोग रहनेछ।तर पुराना राजनीतिक पार्टीहरूले हदैसम्मको राजनीतिक प्रतिशोध साँधेको र राज्यका सबै निकायहरूलाई उनीहरूको अनुकूल प्रयोग गरेको अनुभूति गरेका हामी यस प्रकरणमा चाहिँ त्यस्तो नहोस् भन्ने तर्फ सचेत गराउन चाहन्छौँ।
५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई कहाँबाट हानी पुर्याउन सकिन्छ, पार्टीविरुद्ध मिथ्या सूचना र अफवाहहरू के के फैलाउन सकिन्छ भनेर एउटा ठुलो समूह लागेको सर्वविदितै छ। त्यसअर्थमा रास्वपाका समर्थकहरूले विकसित सम्पूर्ण घटनाक्रमलाई नजिकबाट नियाल्दै पार्टीभित्र र पार्टी बाहिरका गलत गतिविधिहरूको विरुद्धमा अविचलित लाग्न जरुरी छ। देशैभरका जेनजी लगायत अन्यायको महसुस गर्नुहुने सबैलाई अहिले उठेका मुद्दाहरू पार्टीले स्थापनाकालदेखि नै उठाएको कुरा स्मरण गराउन चाहन्छु।
६, देशमा विद्यमान व्यथिति, विकृति, विसङ्गति लगायत विविध कारणले निराश हुनुभएका युवा, विद्यार्थी लगायत देशका सबै तह र तप्काका नागरिकहरूको राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै जेनजी सहित सम्पूर्ण युवा तथा परिवर्तन पक्षहरूमाझ बृहत साझेदारी र सहकार्य निर्माण आजको अर्को आवश्यकता हो। यसको लागि सम्पूर्ण जेनजी प्रतिनिधि, युवा तथा नयाँ राजनीतिक कोर्सका पक्षपातीहरूलाई एकता तथा मोर्चाको लागि अपिल पनि गर्दछु।
- तोडफोड र आगजनीमा संलग्नलाई कारवाही गर्न बर्दघाटमा छानबिन समिति
- जेनजी आन्दोलनः लुम्बिनी प्रदेशमा ६ सय सरकारी गाडी जलाइयो
- सिद्धबाबा सुरुङमार्गमा ‘लाइनिङ’ र ढलान सकियो
- नेपाल– भारत ओहोर दोहोर गर्नेको अभिलेख राखिँदै
- लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता
- कृष्णनगरबाट हवाई इन्धन र औद्योगिक कच्चा पदार्थ आयात
- नेपालगन्जमा यसवर्ष रामलिला प्रदर्शन नहुने
- घाइते जेन–जी युवाको स्वास्थ्यलाभको कामना गर्दै लुम्बिनीमा प्राथना
- होला त फागुन २१ मै चुनाव ?
- जेनजी आन्दोलनको आडमा परिवर्तनमाथि धावा बोलिँदैछः सिंह
-
जेनजी प्रदर्शनः हालसम्म नौ जनाको मृत्यु
२०८२ भाद्र २३ -
रूपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी
२०८२ भाद्र २४
प्रतिकृया दिनुहोस्