September 17, 2025, Wednesday
२०८२ आश्विन १ बुधबार

रूपन्देहीको गैडहवा तालमा डुवेर दुईजनाको मृत्यु

भैरहवा– रुपन्देहीको गैडहवा तालमा डुवेर दुईजना बालकहरुको मृत्यु भएको छ । गैडहवा गाउँपालिकास्थित उक्त तालमा बुधबार मध्यानन डुवेर बालहरुको मृत्यु भएको हो । घटनास्थलमा प्रहरी पुग्न लागेको रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

मृतक बालकहरुको परिचय भने अझै खुलिसकेको छैन । विस्तृत बुझ्ने काम भइरहेको प्रहरी भनाई छ । बालकहरु पौडी खेल्न गएका बेला हो वा अन्य कुनै कामले जाँदा डुवे भन्नेबारे केही समयमा खुल्ने प्रहरीले बताएको छ ।